बबिता बानियाँ (जेरी) र शंकर क्षेत्रीको सम्बन्धमा नयाँ ट्वीस्ट आएको छ । उनीहरुले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छे’दको मु’द्दा दर्ता गरेका छन् ।
गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् । सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डि’भोर्सको निर्णयमा पुगेको बताएका छन् । यद्यपि, आफूहरू छुट्टिनु परोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् ।
‘आफ्नो श्रीमती हो, छोरी छ । सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन । परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झ’गडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ’, शंकरले भनेका छन् ।
उनले के’स फाइल गर्दैमा आफूले नै डि’भोर्स चाहेको भन्न नहुने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, बच्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला । ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु ।’
शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् । उक्त कुराले पनि आफूहरूको सम्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् । अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा बबिता भने मौन देखिएकी छन् ।
युट्युब च्यानल ‘के छ नेपाल’का लागि गायिका अनिता चलाउनेलाई अन्तर्वार्ता दिँदै शंकरले अगाडि भनेका छन्, ‘तर, उहाँले त्यो गर्नुहुन्न। उहाँ कस्तो जञ्जालमा फस्नु’भएको छ, मलाई थाहा छ।’
सञ्चारमाध्यममा जेरीले मिल्न चाहन्छु भनेर बनावटी कुरा गरेको आ’रोप शंकरले लगाएका छन्। शंकरले अन्तर्वार्तामा भनेका छन्, ‘मिल्न चाहन्छु भनेर बनावटी रूपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन।’
उनले आफूले उनीसँग डि’भोर्स गर्नपर्नाका धेरै आन्तरिक कारण भएको बताएका छन्। डि’भोर्स पेपरमा साइन गर्ने दिन ती सबै कुरा बताउने शंकरको भनाइ छ।
‘…धेरै आन्तरिक कारण छन्’, शंकरले भनेका छन्, ‘डि’भोर्समा साइन भएको दिन मात्रै ती कुराहरू खोल्नेछु। प्रुफसहितका कारणहरू बताउनेछु।’

