नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यका लागि हुुन गइरहेको चुनावमा सोलुखुम्बुबाट सत्ता गठन्बनधका साझा उम्मेद्वार बलबहादुर केसीले शेरबहादुर देउबा, प्रचण्ड र माधव नेपालले आफूलाई चुनाव लड्न आग्रह गरेको बताएका छन् । सोलुुखुम्बुको सोताङमा आयोजित चुुनावी आमसभामा उनले यस्तो बताएका हुुन् ।
गठबन्धनका शीर्ष नेताहरुको चाहानाअनुुसार आफूू फेरि चुुनाव लड्न लागेको केसीले बताए । केसीले आफूले अहिलेको संविधानमा हस्ताक्षर गरेको बताए । ‘संविधान ध्व’स्त पार्न खोजियो, च्यात्न खोजियो,संविधान मानिएन, गणतन्त्र मास्न खोजियो, यो संविधानमा हस्ताक्षर गर्ने बलबहादुर केसी पनि ६०१ जना मध्ये एक हो ।’,उनले भने, ‘त्यसैले गठबन्धनले आफूलाई सोलुखुम्बु जिल्लाबाट उम्मेदवार बनाएको हो ।’

