नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा डडेलधुरा प्रदेश (१)का उम्मेदवार खगराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच लभ परेको बताएका छन् । शनिबार डडेलधुराको अजेयमरु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन्।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गाढा सम्बन्ध भैसकेको दाबी गरे। ‘मैले भनिरहेको छु प्रचण्ड र देउवाको लभ परिसक्यो,’ उनले भने, ‘प्रचण्डले मलाई इतिहास रुपमा जिताएर ल्याउन निर्देशन दिनु भएको छ।
देउवाको टिमलाई जिताएर पठाउनु भयो भने डडेल्धुराको मुहार फेरिनेछ।’ देउवा यो देशको अपरिहार्य भएको उनको भनाइ छ।
करिब एक बर्षअघि देखि प्रधानमन्त्री देउवा र प्रचण्ड एउटै गठबन्धनमा छन् । दुुवैले मिलेर सरकार बनाएका छन् । अहिले चुुनावका लागि पनि दुुई लगायत अन्य दलहरु मिलेर गठबन्धनमा गएका छन् ।

