दोहोरी गायक र गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीले आफूूहरुको सम्बन्ध तोडको छन् । उनीहरुबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछिकुरा गर्दै गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।
बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मतभिन्नता भए पनि सँगै पनि बस्न सकिएन ।
सहमतिमै सम्बन्ध टुंगायौं ।’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । सम्बन्धविच्छेद गरे पछि बबिताले सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोखेकी हुन् । उनीहरुका निकट साथीहरुले क्षेत्रीकै कारण सम्बन्ध विच्छेद भएको बताउदै आएका छन् ।
सम्बन्धमा खटपट आएलगत्तै क्षेत्री भन्दा जेरी निकै भावुक भएकी थिइन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा राखेका स्ट्याटसले पनि उनको भावुकपन प्रष्टै बुझ्न सकिन्थ्यो ।
उनले लेखेकी छिन्,‘दोस भाग्य लाई दिउ कि परिस्थिति लाई,,,मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पा¥यो समयले,,,तिमिले दिएका हर आशुको थोपा लाई मोति बनाउने कोसिस गर्ने छु…आज बाट अलग भैयो ।’

