अभिनेत्री करिश्मा मानन्धर निहारिका राजपूत र शिवराज श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । केही समयअघि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि करिश्मा निहारिकाविरु’द्ध लागेकी मानन्धनर फेरि उनीमाथि जाइलागेकी छिन ।
अनशन सकिएपछि निहारिकाले करिश्मालाई उनले दिएको २० हजार फिर्ता गरेकी थिइन् । यता, निहारिकाको मु’द्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ ।
तर, आफूमाथि शिवराजले ब”लात्कार गरेर बच्चा जन्मिएको दाबी निहारिकाले गर्दै आएकी छन् । ब”लात्कारसम्वन्धी मु’द्दा जनकपुर उच्च अदालतमा विचाराधीन छ । करिश्माले अहिले विना सन्दर्भ तस्बिरहरू राखेपछि आलोचनात्मक प्रतिक्रियाहरू आएका छन् ।
निहारिका र शिवराजको एउटा तस्बिर करिश्माले आफ्नो फेसबुक अकाउन्टको कभर फोटो नै बनाएकी थिइन् । एक मिनेटपछि कभर फोटो परिवर्तन गरिन् । तर, त्यसपछि फेरि अर्को फोटो पोष्ट गरिन्, जसमा निहारिका र शिवराज एउटै ओछ्यानमा सुतेका छन् । करिश्माले केहीबेरपछि दुवै तस्बिर हटाएकी छिन् ।

