चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ लाई जीवनको पछिल्लो घटनाले ठूलो चोट दिएका छ । उनले हालै श्रीमान् शंकर क्षेत्रीसँग सम्वन्ध विच्छेद गरेकी थिइन् ।
जेरीले अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेकी छिन् । जेरीले आफ्नै भाइ विजय बानियाँसँग दुई दिनअघि गाएको लाइभ दोहोरी अहिले भाइरल छ ।
संगीतकार बीबी अनुरागीको जुनकिरी लाइभ स्टुडियोमा उनले सो दोहोरी गाएकी हुन् । शोकधुन बजाउँदै गाइएको उक्त दोहोरीमा जेरी विक्षिप्त देखिएकी छिन् भने भाइ विजय शो’काकुल छन् ।
कार्यक्रममा भाग लिएका सबै कलाकार अनवरत सुँक्क-सुँक्क गरिरहेका हुन्छन् । कुनै महिलाको डि’भोर्स हुनु भनेको उनका लागि जीवनकै समाप्ति हो भन्ने गलत सन्देश दिने गरी यो लाइभ दोहोरीको ‘सेटिङ’ गरिएको छ ।
उक्त दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् ।

