काठमाडौँबाट नेपालको राजधानी सार्न बहस अघि बढेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि गोरखाबाट मूलुकको राजधानी काठमाडौँ कायम भएको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही समयअघि काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठान गरेका थिए ।
उनको यो प्रस्तावको उच्च राजनीतिक तहमा खासै बहस नभएपनि सम्पदा संरक्षण अभियान्ता र बाहिर बसेर प्राकृतिक सम्पदाको अध्ययन गरिरहेकाहरुले यो प्रस्ताव बेठिक नभएको बताए । मूलुक संघियतामा प्रवेश गर्नु अगाडी बिद्रोहको क्रममा तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मु’द्दा उठाएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक भूमी चितवनलाई उनले राजधानीको रुपमा अघि सारेका थिए । तर, प्रचण्ड जब संसदीय राजनीतिमा प्रवेश गरे, त्यसपछि यो मु’द्दा उनको प्रमुख बन्दै बनेन । संविधान जारी पश्चात ७ वटा प्रदेश सरकारहरु बनेका छन् ।
हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस उपर्युक्त नभएको कतिपयको बुझाई छ । तर, निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् ।
प्रदेश राजधानीमा खासै कुनै काम पनि नहुने भएकाले प्रदेशको राजधानीप्रति मानिसहरुको मोह खासै छैन । तर, प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने नेताहरुको भनाई छ ।
देशको राजधानी काठमाडौँ हुँदा काठमाडौँ सहित भक्तपूर र ललितपूर विकसित शहर बने । तर, अरु जिल्लाको अवस्था भने अहिले पनि एकिकरण ताकाकै जस्तो भएकाले काठमाडौँबाट राजधानी सार्नु नै उत्तम विकल्प हुने अभियान्ताहरुको भनाई छ ।
‘काठमाडौँमा दिनदिनै मानिसहरु थपिएका छन्, नजिकका जंगलहरु मासिँदै गएका छन्’ एकजना सामाजिक अभियान्ता भन्छन्, ‘प्राचिन सम्पदाहरु मासिँदै छन् । काठमाडौँले थेग्न नसक्ने जनघनत्व छ । यदि काठमाडौँलाई सम्पदाको शहरका रुपमा चिनाईराख्ने हो भने यहाँबाट राजधानी सार्नुपर्छ ।’
प्रचण्डले २०७६ साल माघ २५ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पुगेर ‘केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको’ भनेर बोले । कुनै बेला नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले मूलुकको राजधानी काठमाडौँबाट दाङ सार्न उपर्युक्त हुने बताएका थिए ।
काठमाडौँबाट सारिए नेपालको राजधानी चितवन पनि उपयुुक्त हुने बताइन्छ । जानकारहरु भने पर्यावरणलाई मध्यनजर गर्दै काठमाडौँका रैथानेहरुलाई सहमत गराएर राजधानी सार्न ढिला गर्न नहुने बताइरहेका छन् ।

