पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको तेस्रो दिनमा खाता खोलेको छ । माओवादीले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको हो ।
माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।
सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।

