मंसिर ४ गते सम्पन्न चुुनावपछि पनि सत्ता गठबन्धनकै निरन्तरतामा सरकार बन्ने देखिएको छ । नेकपा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीको कूूल प्रत्यक्ष र समानुुपातिक सिट जोड्दा बहुुमत अर्थात १३८ पुुग्नसक्ने देखिएको छ ।
नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी तयारीका लागि कसरतमा देखिएका छन् । उनी शनिबार बिहानै आफ्नै नेताहरुसँग आन्तरिक छलफल गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाईँ दिएका थिए । सरकारको नेतृत्वको तयारीमा रहेका अध्यक्षलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि फोन गरेर बधाई दिएपछि एकखालको तरंग सिर्जना भएको थियो ।
तर, बालुवाटारमा दुई नेताबीचको छलफलपछि सरकारको नेतृत्व, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको टुंगो सँगै लगाउने विषयमा छलफल भएको दाहाल निकट एक नेताले जानकारी दिए ।
माओवादीले अहिले उपराष्ट्रपति रहेका नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने, सरकारमा बलियो उपस्थिति जनाउने, सके उपसभामुख पनि लिनेगरी रणनीति बनाएको कांग्रेसका एक नेताको टिप्पणी छ ।
प्रचण्ड चुनावलगत्तै सरकारको नेतृत्व वगर्ने तयारीमा भएपनि चुनावमा सोचेजस्तो परिणाम नआएपछि उनको सपनामा धक्का लागेको छ । प्रचण्ड भने, गठबन्धन जोगाउने, नपुगेको संख्या साना दललाई सरकारमा सहभागी गराएर पनि पुर्याउने, सरकारमा सम्मानजनक सिट लिने र शान्ति प्रक्रिया कुनै पनि हालतमा टुंगोमा पुर्याउने कसरतमा छन् ।

