चर्चित अभिनेत्री पूजा शर्मा विवाह गर्न लागेकी छिन् । उनलेजीवनमा कोही आएको र उसलाई बुझिरहेको बताएकी छिन् । सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने उनले बताएकी छन् ।
केही समयमै आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’
नयाँ प्रेमीसँग भने पुजाले विवाह नै गर्ने सोचेको निकटस्थको भनाइ छ । उनीहरुबीच चाँडै ईंगेजमेन्ट हुन सक्ने बताइएको छ ।
युद्ध बानियाँ पूजाले आफूले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । उनका अनुसार झम्सिखेलमा बहुउद्देश्यीय स्पोर्ट्स लाउन्ज सञ्चालनमा आउँदैछ ।
पूूजा युवक व्यापारी युद्ध बानियाँको प्रेममा रहेको बताइन्छ । नायिका पूजा शर्मा र व्यापारी युद्ध बाँनियाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौंडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् ।
युद्धको तस्वीर सार्वजनिक भएसँगै उनको सुगठित शरीरको चर्चा पनि सामाजिक सञ्जालमा शुरु भएको छ । जिममा प्रयोग हुने प्रोटिन लगायतका खाद्यान्नको व्यापार गर्दै आएका युद्ध आफू पनि जिम क्रेजी छन् । नेपाली चलचित्रको कुनै नायकभन्दा युद्ध कम नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रशस्त भेट्न सकिन्छ ।
पूूजाले माघमा बिहे गर्नेे तयारी गरिरहेको भन्दै केही समयअघि चर्चा चलेको थियो ।

