बाराको सिमरा उडेको बुद्धको एटीआर जहाज काठमाडौं नै फर्किएको छ । मंगलबार अपरान्ह ४ बजे सिमराको लागि उडेको बुद्ध एयरको जहाज त्यहाँ अवतरण नगरेर फिर्ता भएको हो ।
जहामा प्राविधिक खराबी देखिएपछि काठमाडौं फिर्ता भएको बताइएको छ । पाइलटले ‘इन्डिकेटर’ मा समस्या देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इम’र्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो ।
बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएपछि अर्को जहाजबाट यात्रुलाई सिमरा पठाइएको छ । जहाजमा ७० जना यात्रु सवार थिए ।
पछिल्लो समय बुुद्ध एयरका केही अरु जहाजमा पनि समस्या देखिदैँ आएको छ ।

