मंसिर ४ गतेको चुुनाव सकिएर अब नयाँ सरकार गठबनको कसरत चलिरहदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना दुुतलाई कुुराकानी गर्न प्रधानमन्त्री निवास बालुुवाटर पठाएका छन् । ओलीले एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पठाएका हुुन् ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आज मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाटको निम्ति त्यहाँ पुुगेका हुुन् । प्रधानमन्त्री र गुरुङबीच झण्डै ४५ मीनेट भएको कुराकानी मुलुकको पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेको स्रोतको दाबी छ । ‘उनले एमाले अध्यक्षको सन्देश लिएर प्रधानमन्त्रीसँग कुराकानी गगरेका हुुन्,’ एमाले उच्च स्रोतले बतायो ।
यता, नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको खबरमा कुनै सत्यता नएको बताएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् ।
दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः नि’राधार हो, यसमा कुनै सत्यता छैन ।’पार्टी एकताको प्रचार गरेर भ्र’म फैल्याउन खोजिएको उनले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं,’ ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रvममा नपर्न सबैमा अनुरोध छ ।’

