क्रिकेटर सन्दीप लामिछानेमाथि ब’लात्कार आरो’प लगाउने किशोरीले अदालतमा ब’कपत्र दिँदा प्रहरी र सरकारी वकिललाई दिएको भन्दा कडा बया’न दिएकी छिन् । उनको प्रस्तुती भने कसैले सिकाएको र घोकेर पढेजस्तो देखिएको जनाईएको छ।
उनी अहिले माइती नेपालको संरक्षणमा छिन् । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन समेत नदिई राखिएको सुचनाहरु चुहिएका छन् ।
अदालतले अब उनको वास्तविक उमेर तथा बला’त्कार वा सहमतिको सम्बन्ध भन्ने विषयमा हेर्ने कानुन ब्यवसायीहरु वताउँछन् । किशोरी नाबालिग नै हुन् र शा’रीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा स’जाय हुन सक्छ । तर, कागजातहरूले उनी उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।
किशोरीले नागरिकता र पछि बनाएको जन्म दर्ताको आधारमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बताएकी छन् । तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालयका प्रमाणपत्र तथा सुरुको जन्म दर्ताले १८ वर्ष कटिसकेको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिलहरुले दाबी गरेका छन् ।

