नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा नेकपा एमालेसँग फेरि मिलेरजानुुपर्ने लाइनमा उभिएका छन् । शर्मा आउँदो सरकारमा मन्त्री बन्ने संभावना कम भएका कारणले पार्टीमा हस्तक्षेपकारी भूमिकाको खोजीमा रहेका हुुन् । त्यही कारण माओवादी केन्द्रभित्र विशेष महाधिवेशनको कुरा उठाउन थालेका छन् ।
अध्यक्ष प्रचण्डले पहिला नै चुनाव पछि विशेष महाधिवेशन गर्ने बताएका थिए । त्यही आधारमा शर्माको समूहले सुषुुप्त रुपमा विशेष महाधिवेशनको आवाज उठाउन थालेका हुन् । उनीहरुले विशेष महाधिवेशन गरेर महासचिव शर्मालाई बनाउने रणनीति लिन थालेका छन् ।
बर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन गएका छन् । उनको स्वास्थ्यले महासचिवको भूमिकाका लागि बलियो आधार नदिने भएका कारणले शर्माको प्रयास बढ्न थालेको हो ।
शर्माको चाहना अनुसारको विशेष महाधिवेशनका लागि प्रचण्डसम्म आवाज पु¥याउन केही नेता र कार्यकर्ताहरुले आवाज उठाउन थालेका छन् । चुनाव जितेको, पार्टी संगठनमा होल्ड बढाउन थालेका शर्माले अर्थमन्त्री भएर आर्थिक जोहो पनि गरेका छन् ।
अहिले उनी एमाले र माअोवादी केन्द्र मिलेर सरकार बनाउनुपर्ने पक्षमा रहेको पनि उनीनिकट स्रोतको भनाइ छ । एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादीका शर्मा दोहोरो संवादमा रहेका छन् ।
उनीहरुको यो प्रयास सफल भए अर्थमन्त्री पौडेल वा शर्मामध्ये एक हुन सकिने भन्दै उनीहरुले सक्रियता बढाएको स्रोतका दाबी छ । स्रोतका अनुसार कांग्रेससँगको गठबन्धन निरन्तर रहने र प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै निरन्तर रहँदा शर्मा मन्त्री हुने संभावना कम रहेको छ ।
पदाधिकारी तहमा चुनाव जितेका नेताहरु नै कम भएका कारण सरकारको नेतृत्व कसको नेतृत्वमा जाने भन्नेमा विवाद छ । पुन उपचारका लागि चीनमा छन् र उनी मन्त्री भएर जाने संभावना कम रहेको छ भने शर्मालाई अहिले रोक्ने तयारी भइरहेको छ ।

