मंसिर ४ गतेको चुुनाव सम्पन्न भएर नयाँ सरकार गठनको कसरत चलिरहेका बेला नेपाली कांग्रेसबाट संसदीय दलको नेता को बन्ला भन्ने कुुरा चाँसोका साथ हेरिएको छ । अब बन्ने सरकारो नेतृत्व सम्भवतः कांग्रेसले नै गर्ने र प्रधानमन्त्रीमा शेरबहादुुर देउवा नै निर्वाचित हुने देखिएको छ ।
यो कुुरा असत्य साबित हुुन स्वयम् देउवाले नै आफूूले कुुनै इच्छाइएको व्यक्तिलाई पद हस्तान्तरण गर्दै आफूू कुुनै अर्को भूूमिकामा बस्न राजी हुुनुुपर्नेछ । विश्वप्रकाश शर्मा र गगन थापा देउवालाई रोक्न जबरजस्त रुपमा लागिरहेका छन् । कांग्रेसका युवा नेताहरूले नेतृत्वमा पुस्तान्तरण गर्ने मौकाका रूपमा संसदीय दलको चुनावलाई लिएका छन्।
महामन्त्री गगन थापाले चुनावका बेलादेखि नै संसदीय दलको नेता उठ्ने र अब प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन्। महामन्त्री थापाको योजनालाई साथ दिएका छन्, शर्माले। झापा १ बाट पहिलो पटक चुनाव जितेका शर्माले महामन्त्री थापालाई संसदीय दलको नेतामा अगाडि सारेका छन्।
जानकारीअनुसार शर्माले सभापति देउवादेखि नवनिर्वाचित सांसदहरूसँग भेटेर कुराकानी गरिरहेका छन्। गत शुक्रबार र शनिबार पनि यो बहसले थप व्यापकता पायो, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा।
कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ ३२ सांसद पठाउनु पर्ने थियो। क-कसलाई पठाउने भन्ने तय गर्न शुक्रबार र शनिबार बालुवाटारमा सभापति देउवासँगै महामन्त्रीद्वय थापा र शर्मा पनि थिए।
यसपछि सभापति देउवाले कसलाई संसदीय दल नेता उठाउने हो भनेर शर्मालाई सोधेका थिए। शर्माले सँगै बसेका अर्का महामन्त्री थापालाई देखाउँदै भनेका थिए- अरू अघि नसरे उहाँ नै हो।
महामन्त्री शर्माले यसपटक संसदीय दलको नेतामा देउवालाई सहयोग गर्न नसक्ने संकेत गरे । कांग्रेसभित्र देउवाको विकल्पमा संसदीय दलको नेतामा रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, गगन थापा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, धनराज गुरूङ, शेखर कोइराला लगायतको चर्चा छ।

