मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमार्फत घण्टी चिह्न लिएर जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नै ख’तराको घण्टी बजेको छ । उनको सांसद पद नै खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता वि’वाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका हुुन् । युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा का’रबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था वि’परीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरु’द्ध रिट दर्ता भएको हो ।
उनले नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता र पासपोर्ट लिएकै समयमा नेपाली पासपोर्टसमेत लिएको भन्दै उनीविरु’द्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजु’री परेको थियो । उनको नागरिकता र राहदानीमाथि अनुुसन्धान भइरहेको छ।

