नेकपा माओवादी केन्द्रले एक केन्द्रीय सदस्यमाथि डण्डा चलाएको छ । पार्टीले बद्री बजगाईंमाथि लागेको यौ’न दु’र्व्यवहारको आ’रोपमा निलम्बन गरेको हो ।
उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रा’न्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अ’श्लील म्यासेज पठाएको खुलेको छ ।
अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्य’वहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।
ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ ।
माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।
‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भ्रातृ संगठन अखिल क्रा’न्तिकारीमा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्ली’ल म्यासेजहरुको प्रतिलिपिसहित
बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्रीप्रसाद बजगाइँलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’ माओवादीको आन्तरिक सर्कुलरमा भनिएको छ, ‘तत् सम्बन्धमा सत्य तथ्य बुझी आवश्यक छानबिन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ ।’


