नेपाली कांग्रेसको गगन थापा र शेखर कोइराला समूूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको इन्ट्रीले संस्थापन पक्षलाई झस्काएको छ । मंगलबार हनुमानस्थानस्थित होटेल बसेरामा थापा र कोइराला पक्षका सांसदहरुको बैठक बसिरहेको बेला शर्मा त्यहाँ प्रवेश गरेका हुन् ।
शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसी बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए ।
यसअघि आजै बिहान लाजिम्पाटस्थित होटल एम्बास्डरमा बसेको बैठकमा भने शर्मा सहभागी थिएनन् । एम्बास्डरको बैठकमा कोइरालाले थापालाई संसदीय दलको नेताको उम्मेदवारको लागि प्रस्ताव गर्ने सहमति जुटेको थियो । संसदीय दलको नेताको उम्मेदवारमा सो समूुहबाट गगन थापा अघि बढेका छन् ।
यता, संस्थापन समूूहमा भने शेरबहादुुर देउवा नै संसदीय दलको नेताको उम्मेदवार बनेका छन् ।

