बिहीबार क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको पेशी स्थगित भएको छ । आफूलाई पु’र्पक्षका लागि थु’नामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरु’द्ध लामिछानेले पुनरावेदन गरेका थिए।
यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मु’द्दा पुर्प’क्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। धरौटी वा साधारण तारेखमा छाड्न उनलाई न्यायाधीशले अस्वीकार गरेका थिए। सन्दीप थु’नामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन्।
सन्दीप हाल केन्द्रीय कारा’गार सुन्धारामा रहेका छन्। सन्दीपलाई १७ वर्षीया किशोरीले ब’लात्कारको आ’रोप लगाएकी थिइन्।
सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन्। अर्कातर्फ आ’रोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ।
आरोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएकोको दाबी उनीहरूले गर्दै आएका थिए।
यसैबिच पीडि’तलाई जन्म दर्ता जारी गर्ने नुवाकोटको एक गाउँपालिकाले २०७५ सालमा बनाइएको जन्म दर्तामा उनको जन्ममिति २०६१ असार १८ गते रहेको पत्र काठमाडौं जिल्ला अदालतलाई पठाएको छ।
अनुसूची फारम र बसाइसराइमा समेत जन्म मिति त्यही रहेको उक्त गाउँपालिकाले पत्र पठाएको छ। उक्त गाउँपालिकाले २०७९ असारमा पी’डितले उमेर घटाउँदै २०६२ जेठ १८ गते जन्मिएको जन्म दर्ताको प्रतिलिपि निकालेको पनि पत्रमा उल्लेख गरेको छ।

