गृह मन्त्रालयले एक प्रहरी नायव उपरीक्षकको नामै किटेर उपस्थित हुुन ताकेता गरेको छ । मन्त्रालयले लामो समयदेखि सम्पर्कविहीन रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) डा.सुरेन्द्रप्रसाद साहलाई सम्पर्कमा आउन भनेको हो ।
मधेश प्रदेश अस्पताल, सप्तरीमा दरबन्दी रहेका प्राविधिक साहको नाममा गृहले सात दिने सूचना जारी गरेको छ । गत असोज ७ गतेदेखि आफूखुसी कार्यालयमा अनुपस्थित रहेका उनलाई सात दिनभित्र सफाइसहित कार्यालयमा उपस्थित हुन गृहले निर्देशन दिएको छ ।
घरमा खोजतलास गर्दासमेत फेला उनी फेला नपरेको गृहद्वारा जारी सूचनामा उल्लेख छ । ‘प्राविधिक प्रहरी नायव उपरीक्षक डा।सुरेन्द्रप्रसाद साह २०७९–६–७ गतेदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेपश्चात् तपाईंको
उल्लिखित स्थायी वतनमा खोजतलास गर्दा घर ठेगानामा फेला नपरेको हुँदा तपाईंको नाममा कार्यालयमा हाजिर हुन आउनेसम्बन्धी यो सात दिने सूचना जारी गरिएको छ’, गृहको सूचनामा भनिएको छ ।
गृहले सन्तोषजनक स्पष्टीकरणसहित बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा आउन भनेको छ । अन्यथा, प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसूर सोही नियमावलीको नियम १०९ को खण्ड
(ख) (१) बमोजिम ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी चेतावनी दिइएको छ ।


