राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्री निवासमा सरेका छन् । लामिछाने बिहीवार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा बिहीवार सरेका हुन् ।
रवि गएको सोमवार गृहमन्त्री पदमा नियुक्त भई शपथ ग्रहण गरेका थिए । उनी हिन्दू धार्मिक परम्पराअनुसार वास्तु पूजा गराएर मन्त्री निवास प्रवेश गरेको सचिवालयले जनाएको छ । उनी पत्नी निकिता पौडेलसहित मन्त्री निवासमा सरेका छन् ।
रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन ।
लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘मन्त्री ज्यूकै आग्रहअनुसार पिर्का नराखिएको हो,’ उनले भने ।
तस्बिरहरुः





