गृहमन्त्री रवि लामिछानेको सांसद तथा मन्त्रीको पद यथावत रहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको मु’द्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि पद कायमै रहेको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको इजलासले अन्तरिम आ’देश दिन अस्वीकार गरेको हो। तर, मु’द्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भनिएको छ।
सर्वोच्चको यो आदेशसँगै लामिछानले नागरिकता र पासपोर्ट वि’वादमा तत्कालका लागि राहत पाएका छन्। शुक्रबार लामिछानेको योग्यता सम्बन्धी विवाद पहिलो नम्बर पेसीमा थियो।
लामिछानेले अमेरिकी स्थायी परिचयपत्र लिएर पछि त्याग गरेको तर नेपाली नागरिकता लिने प्रक्रिया नै पूरा नगरेकाले उनी सांसद र मन्त्रीको रुपमा काम गर्न नपाउने रि’टमा जिकीर गरिएको थियो।
‘अहिले सुविधा सन्तुलनको दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ। अधिवक्ता रबिराज बसौला र युवराज सफलले संसद सदस्यताको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा हालेको रिटमा आज बहस सकिएको हो।
नागरिकता विवादमा तानिएका लामिछानेको शपथ रोक्न, सांसद पद खारेज गर्नलगायत माग गर्दै उनीविरु’द्ध रि’ट परेको थियो। योग्यता विवाद अग्रधिकारबाट निरुपण गर्नेसमेत सर्वोच्चले जनाएको छ।

