राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई कडा निर्देशन दिएका छन् । उनले एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई प’क्राउ गर्न निर्देशन दिएको बताएका हुन्।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले जानकारी पाएपछि आईजीपीलाई फोन गरेर महतोलाइ प’क्राउ गर्न निर्देशन दिएको बताए। उनले संसदमै उपस्थित हुँदा आफुले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि प’क्राउ गर्न भनिएको उल्लेख गरे।
सांसद महत्तो मधेस आन्दो’लनका क्रममा सशस्त्रका असइ थमन विकको ह’त्या अभि’योगमा फ’रार सूचीमा रहेका छन्। लक्ष्मी महतो कोइरी फ’रार सूचीमा रहेको भएपनि प्रहरीले पक्रा’उ नगरेको भन्दै आलोचना भइरहेको छ ।
हाल गृहमन्त्री लामिछानेले प्रहरीलाई एकपछि अर्को निर्देशन दिइरहेका छन् । मन्त्री नियुक्त भएकै दिन उनले कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तका ह’त्यारालाई पक्रा’उ गर्न छा’नविन अगाडि बढाउने बताएका थिए । हाल पन्तबारेको अनुस’न्धान अघि बढेको छ ।

