शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गरेका नेता घनश्याम भूसालले नेकपाको असली रुप एकीकृत समाजवादी नै भएको बताएका छन् । ठीक सिद्धान्त बोकेको पार्टी नै असली हुने भन्दै उनले एमाले अध्यक्ष केपी ओलीले प्राप्त गरेको अवसरको सदुपयोग गर्न नसक्दा समाजवादी यात्रामा बिलम्ब हुन पुगेको टिप्पणी गरेका हुन् ।
परिणाममा मुलुकमा लोकरिझ्याँइ मौलाएको उनको भनाइ छ । उनी भन्छन्, ‘राजनीति भनेको ष’ड्यन्त्र, झुट, खुट्टा तनातान । गर्दागर्दा निन्दा र भर्सना भयो ।
निन्दा र भर्त्सनाको स्थिति यति विकरित भयो कि अहिलेकै चुनाव हेर्ने हो भने पनि जो बढी निन्दा गर्न सक्छ, जो बढी भर्त्सना गर्न सक्छ, जो बढी मुल्यहीन छ, जो बढी सिद्धान्तहीन छ उ बढी पपुलर हने स्थिति आयो राजनीतिमा ।’
उनी अगाडि थप्छन्, ‘अहिलेको राजनीतिक अवस्था सुखद हो ? यसले मुलुकलाई रामो दिशातिर लैजाँदैछ ? एकैछिन हाहाहोहो चल्दैछ । तर, यो हाहाहोहो रमाइलो, रंग रमाइलोबाट मुलुक ड’रलाग्दो अवस्थारित जाँदैछ ।’
भूसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि एमसीसीको विपक्षमा उभिन र प्रधानमन्त्री बन्न ओलीलाई अफर गरेको खुलासासमेत गरेका छन् ।
तर, जवाफमा ओलीले भने हाल एकीकृत समाजवादीका एमालेबाट निष्कासित १४ सांसदको पद खारेज गर्न शर्त राखेको खुलेको छ ।

