काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान खसेको छ । ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर ७२ जहाज पोखरामा दु’र्घटनामा परेको हो ।
पोखरा विमानस्थल नजिकै भएको दुर्घट’नास्थलमा आ’गो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आ’गो निभाउन प्रयास गरिरहेको छन् ।
घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घ’टनाग्रस्त भएको हो । काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घ’टना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घट’ना हुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टो पाल्टो भएर हल्लिंदै आएको थियो । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धा’र गरिरहेका छन् ।

