नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।
उनले भने, ‘मान्छे प’क्डिन नसक्ने अनि सूचना जारी गर्ने ?’ गृह मन्त्रालयले फौ’जदारी मु’द्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्रा’उ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरे।
गृहमन्त्रीको केटा केटीपन देखिएको भन्दै उनले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अप’राधीलाई चिनाइदिने हो ? गृह मन्त्रीलाई ह’त्कडी लिएर आउनुस् भनेको हो ?’

