उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई मन्त्री बनेको एक साता नबित्दै सो मन्त्रालयबाट हटाइने भएको छ । मन्त्री अब्दुल खानलाई उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय दिन भण्डारीलाई हटाउन लागिएको हो ।
भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले जानकारी दियो। मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिइएको थियो तर पार्टीले यसमा असन्तुष्टी जनाएको छ।
जनमत पार्टीको तर्फबाट मन्त्री बनाइएका अब्दुल खानले खानेपाली मन्त्रालयको जिम्मेवारी पाएपछि असन्तुष्टि जनाउँदै कार्यभार सम्हाल्न गएनन्।
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मागेको थोयो तर यो मन्त्रालय एमालेले लिएको छ। एमालेले सो मन्त्रालयमा दामोदर भण्डारीलाई पठाएको थियो।
जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालयमा अडान राखेर दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। गत ३ माघमा प्रचण्ड सरकारमा विस्तृत मन्त्रीमण्डल विस्तार भएको थियो । यसअघि पुस १० मा दुवै मन्त्रीले प्रचण्डसँगै शपथ खाएका थिए ।

