तीन दिन दुई–दुई सिफ्टमा सञ्चालन हुनेगरी नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा माघ १२ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा तीन दिन दुई–दुई सिफ्टमा हुने काउन्सिलले जनाएको छ ।
कम्प्युटरमा आधारित परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।
थप हेर्नोस् काउन्सिलको सूचनामा




यो पनिः
नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप रु १० लाख दिने घोषणा गरेको छ। नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।
स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ।
“नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको सुधारका लागि ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ले आधारभूत र माध्यमिक विद्यालयका लागि फरक–फरक मापदण्ड बनाएको छ”, उनले भने, “मापदण्डमा रहेको सूचाङ्कका आधारमा उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र शिक्षकलाई अवार्ड प्रदान गरिनेछ।”
शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ।

