पत्रकार ॠषी धमला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तर्वार्ता नदिएको भन्दै असन्तुष्ट भएका छन् । आफ्नो कार्यक्रम ,’जनता जान्न चाहान्छन्’, बाट उनले उक्त असन्तुष्टि पोखेका छन् ।
कमेडी क्लब विथ च्याम्पियन,का निर्माता विशाल भण्डारी र अभियान्ता सुमन सायमीसँगको अन्तर्वार्ताको क्रममा जनताको एजेण्डा फेस नगरेको भन्ने प्रसंगमा धमलाले यस्तो बताएका हुन् ।
उनले भने ,’मैले अहिलेको गृहमन्त्रीजीलाई भनेको छु अन्तर्वार्ता दिनुस्, फेस गर्नुस् । उहाँले पनि अहिले गृहमन्त्री भइसकेपछि, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति भइसकेपछि एउटा पनि अन्तर्वार्ता दिनुभएको छैन ।’
भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन शाहले सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिएको बताएका छन् । बालेनले भत्काउने मात्रै काम गरेको भन्दै फेसबुकमा पोस्ट गरेपछि बालेन स्वयम आक्रोशित भएर भण्डारीलाई पैसा मात्रै कमाउने काम गरेको । आफूलाई डिस्टर्ब गरेको भन्दै प्रहार गरेपछि विवाद सतहमा आएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पूर्व पत्रकार हुन् । पछिल्ले समय उनले अन्तर्वार्ता नदिएको र जवाफ दिन डराएको भन्दै आलोचना हुन थालेका छ ।

