राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले यस्तो माग गरेका हुन् ।
उनले रविलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । दिक्षितले गृहमन्त्री लामिछाने आँफै नागरिकताको विषयमा वि’वादमा फसेको र अदालतमा मु’द्दा विचाराधिन भएको अवस्थामा गृहमन्त्री बन्नु गलत भएको तर्क गरे ।
उनले गृहमन्त्री आँफैले बुझेर राजीनामा दिँदा राम्रो हुने तर्क गरेका छन् । तर, गृहमन्त्री लामिछानेले राजीनामा दिए प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उनलाई ब’र्खास्त गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भनेका छन्–‘प्रधानमन्त्रीले तत्काल गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । उहाँलाई पदमा बस्ने नैतिक अधिकार छैन् । नहटाए प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न उठ्छ ।’ दिक्षितले राप्रपा र रास्वपा सरकारमा सहभागी भएर ग’म्भीर गल्ती गरेको पनि टिप्पणी गरेका छन् ।

