साहस उर्जाको आईपीओकाे कहिले बाँडफाँड हुन्छ भन्ने धेरैको चासो छ ।
असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार
साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।
जसमध्ये ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ।
यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
बिक्रि प्रबन्धकका अनुसार अहिले शेयर आवेदनको भेरीफाइ गर्ने काम गरिरहेको र
बाँडफाँड कहिले भनेर अझै एकिन नभएको जनाएको छ ।
मनकामनाका लगानीकर्ताले १ हजार बाट १७ हजार कमाए ! अब कहिले बेच्ने ?
मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसंगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १५९.३०रुपैयाँ बढेर १७५३.७० रुपैयाँमा पुगेको छ ।
यस कम्पनीको सेयरमा माग संख्या पछिल्लो दिनमा घट्दै गइरहेको र अन्य कम्पनीका शेरहरु पनि कम मूल्यमा पाइने भएकाले अब केही दिनमा यसको मूल्य घट्न सक्ने देखिन्छ ।
मंगलबार नेप्से परिसूचक ७० अंक घटेको छ। अघिल्लो कारोबार दिन २६८५.४५ विन्दुमा बन्द भएको बजार यस दिन २६१५.४० विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१८ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।
अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब
७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
घटेको बजारमा यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।
अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ।
यस दिन नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशत घटेको छ भने गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य १० प्रतिशतकै हाराहारीमा कारोबार भएको छ।
मंगलबार पनि १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.३७ अंक घटेको छ ।
त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ४.७४ अंक घटेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।
सो बैंकको यस दिन १८ करोड ८२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
बैंकले आज मात्रै लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको १७ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ।

