पछिल्लो समय विभिन्न घटनाहरुका कारण चर्चामा रहेको बुद्ध एयरमा आज पनि अर्को घटना घटेको छ । बिहीबार बिहान काठमाडौंबाट नेपालगञ्ज उडेको उहाज गन्तब्यमा पुगेर पनि अवतरण गर्न सकेन ।
समयमै अवतरण हुन नसक्दा त्रासले एक महिला यात्रु बे’होस भएकी छिन् ।
जहाज अवतरण हुन नसकेपछि करिब ४० मिनेट आकाशमै फन्को मा’र्नुपरेपछि जहाजमा सवार एक यात्रु बे’होस भएकी हुन् ।
करिब आधा घण्टा भन्दा बेसी आकाशमै रहेर नेपालगञ्ज विमानस्थलमा सफल अवतरण गरेपनि महिलाको होस भने खुलेको छैन ।
बे’होस हुने महिलाको पहिचान खुलाईएको छैन। हाल उनको नेपालगञ्जस्थित राँझमा उपचार भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको बुद्ध एयरको को जहाज ९ बजेर १८ मिनेटमा सफल अवतरण भएको थियो ।
तर उक्त जहाल ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो ।

