प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (इसीडी शिक्षक) लाई न्युनतम तलब दिने निर्णय भएको छ।
बूढानीलकण्ठ नगरपालिका (स्थानीय सरकार) ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी परिचर र लेखापाल लाई न्युनतम तलब दिने निर्णय गरेको हो ।
नगरपालिकाको शिक्षा शाखा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार गत मंसिर महिनामा सबै शिक्षक र कर्मचारीलाई न्युनतम तलब दिने निर्णय भएको हो ।
बजेट निकासा नभएका कारण तलब दिन नसकिएको उनले जानकारी दिए ।
संघीय सरकारले तोकेअनुसार साउनबाट बाँकी सबै तलब दिने गरी निर्णय भएकाले अबको केही समयभित्रै सबैलाई उपलब्ध गराइने उनले बताए ।
नगरपालिकाभित्र १९ जना विद्यालय सहयोगी, १० जना सहायक लेखापाल र १८ जना इसीडी शिक्षक कार्यरत रहेको उनले जानकारी दिए ।
यस्तै, काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता ९इसीडी शिक्षक० र विद्यालय कर्मचारी ९परिचर र लेखापाल० लाई महानगरले संघीय सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराएको छ ।
महानगरपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले इसीडी शिक्षक र विद्यालय सहयोगीलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराएको हो । त्यस्तै विद्यालय लेखापाललाई भने मासिक १७ हजार रूपैयाँ उपलब्ध गराइएको उनले बताए ।
सुवेदीका अनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारी गरेर महानगरपालिकाभित्र २४९ जना कर्मचारी कार्यरत छन् । संघीय सरकारले २०७८र०७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई न्यूनतम मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।
संघीय सरकारको घोषणापछि केही स्थानीय तहहरूले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्यूनतम तलब उपलब्ध गराए पनि अधिकांश स्थानीय तहले भने दिएका छैनन् ।
संघीय सरकारको तर्फबाट इसीडी शिक्षक र विद्यालय सहयोगीका लागि स्थानीय तहमा मासिक ८ हजार रूपैयाँका दरले अनुदान रकम जान्छ भने सहायक लेखापालका लागि मासिक १३ हजार ५०० रूपैयाँका दरले संघीय सरकारले स्थानीय तहलाई करम उपलब्ध गराउँदै आएको छ ।

