काठमाडौं । २०७२ सालमा शहरी विकास मन्त्रालयले खरिद गरेको र भ्रष्टाचार काण्ड लागेको त्रिपालको भुक्तानी अझै हुन सकिरहेको छैन । भूकम्प पीडितको लागि वितरण गर्न भन्दै मन्त्रालयले छोटो समयमा व्यापारीसँग हतारमा त्रिपाल खरिद गरेको थियो ।
‘हतारको काम लतरपतर’ भने झै त्रिपाल खरिदमा व्यापक अनियमितता भएको गुनासो त्यतिवेला निकै चर्चित बन्यो ।
त्रिपाल खरिद गर्ने काम मन्त्रालयको जिम्मामा भएपनि मुख्य योजनाकार भने स्टोरकिपर नायव सुब्बा युवराज गिरी थिए । त्रिपाल खरिदमा व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि प¥यो ।
आयोगले स्टोरकिपर गिरीलाई निलम्वन गर्न मन्त्रालयलाई लिखित आदेश दियो ।
आयोगको निर्देशनबमोजिम गिरी तीन वर्षको लागि निलम्वनमा पनि परे । उनीसहित त्रिपाल खरिद काण्ड अनियमिततामा जोडिएका माता इन्टरप्राइजेज, दीपकिरण प्रिन्टिङ एण्ड ट्रेडर्स र लक्की एस इन्टरप्राइजेज विरुद्ध आयोगले अदातलमा मुद्दा दायर गरेको थियो ।
तीन वर्षपछि अदालतबाट गिरीसहित सवैले सफाई पाए । तर व्यापारीहरुले भुक्तानी पाउनु त परकै कुरा उनीहरु हेरेको हेरैभएर बस्न बाध्य छन । गिरी भने यतिवेला शहरी विकास मन्त्री रामकुमारी झाक्रीको सचिवालय हेर्ने जिम्मेवारीसहित हर्ताकर्ता बनेका छन ।
तर पनि सप्लायर्सलाई भुक्तानी दिनुपर्ने रकमगिरीले आजका दिनसम्मदिलाउन सकिरहेका छैनन् ।
भुक्तानीको चाजोपाँजो मिलाइदिनका लागि व्यापारीहरुले गिरीसँग बाराम्वार अनुनयविनय र सम्पर्क गरिरहेको भएपनि गिरीले झुलाउँदैआएको गुनासो गरेका छन । म मिलाउँदै छु भन्दै गिरीले ७ वर्षदेखि आफूहरुलाई झुलाई रहेको गुनासो व्यापारीहरुलेगरेका छन ।
तीनवटा सप्लायर्सलाई मन्त्रालयले झण्डै ६ करोड भन्दा माथि रकमभुक्तानी गर्नबाँकी रहेको श्रोतले बताएको छ ।
जो मन्त्री आएपनि हर्ताकर्ता गिरी
यो मन्त्रालयमा जो मन्त्री भएर आएपनि उनीहरुको निकट हुने र चाकडी गर्ने गिरीको दैनिकी नै भएको कर्मचारीहरु बताउँछन । साँझ बिहान मन्त्री निवासमा पुग्ने अनि हजुरलाई यो चिजको अभाव र कमी भएको रहेछ, म मिलाउँछु भन्दै फर्किन्छन् ।
मन्त्रालयको रकमबाट सोझै खरिद गरेर लैजाने गर्छन् । मन्त्रीको नाममा सामान खरिदको लागि उनलाई कसैको आदेश र नियम कुरिरहन आवश्यक नै पर्दैन ।
मन्त्रालयको प्रशासन, लेखा र खरिद शाखाका प्रमुख कर्मचारी बाधक बनेको खण्डमा उनीहरुको सरुवा तुरुन्त गरिदिने धम्की दिन पनि उनी पछि पर्दैनन्भन्ने गुनासो कर्मचारीहरुको रहेको छ ।
मन्त्रालयका सचिव, ठुला हाकिमहरुको अगाडि नायवसुब्बा गिरी आफनो योजनामा बाधक बन्ने कर्मचारीका विरुद्ध कडा रुपमा प्रस्तुत हुने गरेको पीडित कर्मचारीले गुनासो गरेका छन् ।
जुनसुकै मन्त्री र नयाँ सचिव मन्त्रालयमा आएपनि उनीहरुलाई सजिलै रिझाउने सामाथ्र्य गिरीमा रहेको समाचार स्रोत बताउँछ । त्यसको फाइदा मन्त्री र सचिबसँग गिरी जसरी नै उठाउँछन नै । झाक्री शहरी विकास मन्त्री भएर आएपछि त झन अहिले उनलाई खुदो नै पल्टिएको बताइएको छ ।
भौतिक योजना तथा यातयात मन्त्रालयमा कार्यरत उपसचिव पशुपतिबाबु पुरी मामाको छोरा भएको नाताले मन्त्री झाक्रीको निकट बनेका सुब्बा गिरीको मन्त्रालयमा यतिखेरे फुर्तिफार्ती नै बेग्लै रहेको बताइन्छ ।
मन्त्रालयका कर्मचारीको अनावश्यक रुपमा सरुवाका कारण मन्त्री झाक्री यसै पनि बदनाम भएकी छिन । मन्त्रीलाई थप बदनाम बनाउने काम सचिवालयका कर्मचारीगिरीले गर्दै आएको उजुरी नेकपा एकीकृत समाजवादी पार्टीको हेडक्वार्टरसम्म पुगेको बताइएको छ ।
स्वार्थपूर्तिका लागि जस्तोसुकै हर्कत
आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने नायव सुब्बा गिरीको कुरा मन्त्री झाक्रीले सुनेर निर्णय प्रक्रियामा अगाडि बढ्दा मन्त्रालय अत्यन्तै बदनाम हुन पुगेको छ ।
मन्त्रालयका सिनियर कर्मचारीहरुलाई बिश्वासमा लिएर काम गराउनुको सट्टा उल्टै सरुवा गरेर पनि मन्त्री झाक्री आफ्नो निर्णयमा दुई महिना पनि टिक्न नसक्नुको मुख्य कारण गिरी नै भएको श्रोत बताउँछ ।
आफू अनुकूलका विकास निर्माणमा बजेट खर्च गर्ने देखि व्यापारीहरुको रकम भुक्तानीमा समेत वर्तमान सचिव मणिराम गेलाल साधकको सट्टा बाधक बन्ने देखेर नै उनलाई हटाउने खेल चलिरहेको बताइएको छ ।
नयाँ सचिव ल्याउने खेलमा पनि मन्त्री झाक्रीको भन्दा गिरीकै स्वार्थ बढी जोडिको मन्त्रालय श्रोत बताउँछ । साँघु न्यूजबाट ।

