चर्चित नायिका एवं नेतृ रेखा थापाले दोस्रो विवाह गरेकी छिन् । रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्।
उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ।
रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो। नायिका रेखा थापा र निर्माता ओझाविच अलग भएको करिब ४ बर्षपछि औपचारिक रुपमा डिभोर्स भएको थियो।
छवि आफैले नै रेखासँग डिभोर्सका लागि हतार गरेका थिए । रेखा र छवि करिब १० बर्ष एकसाथ बसेपछि अलग भएका हुन।
चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। उनी गएको मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उठेर पराजित भएकी थिइन्। उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।
शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी थिईन ।
यस्तै, यसअघि, चलचित्र निर्माता छवि ओझासँग नायिका रेखा थापाले ६५ लाख रुपैयाँ अंश लिएर सम्बन्ध विच्छेद गरेको खुलासा भएको छ। २०६९ जेठ १७ गते मालपोत कार्यालय डिल्लीबजारमा दर्ता रहेको घर जग्गाको अंशबापत नायिका थापाले ६५ लाख लिएको सम्बन्ध विच्छेदको कागजमा उल्लेख छ।
जिल्ला अदालत काठमाडौंबाट मिलापत्रमा गरिएको सम्बन्ध विच्छेदमा ओझाका नाममा रहेको १ करोड १३ लाख मूल्यको घरजग्गाबाट रेखाले उक्त रकम लिएकी थिइन्।
तत्कालीन समयमा जिल्ला अदालतबाट प्रमाणित कागजमा छवि ओझाको तर्फबाट पहिली श्रीमती हेमाकुमारी ओझा अंश लिई अलग बस्दै आएको र अन्य कुनै अंशियार नभएको उल्लेख छ। काठमाडौ महानगरपालिकाको साविक वडा नम्बर ८ मा रहेको कित्ता नम्बर १३८ मा रहेको घर जग्गाबाट थापाले अंश लिएकी थिइन् ।
थापाले रकम लिएपछि जिल्ला अदालतबाट २०७३ सालमा मिलापत्रकै आधारमा सम्बन्ध विच्छेद गरेकी थिइन्।
२०५७ सालमा प्रेम विवाह गरेको तर दुवैवाट कुनै सन्तान नभएकाले सम्वन्ध विच्छेद गर्नुपर्नेको दाबी रेखा थापाले मुद्दा दायर गर्दा गरेकी थिइन्।
२०६८ सालपछि आफूलाई पति छवि ओझाले व्यवसायिक कार्यमा असहयोग पुर्याएको, सार्वजनिक समारोहमा हेला गर्ने, व्यंग्यात्मक शैलीमा अपमान गर्ने कार्य गरेको दाबी रेखाले आफ्नो सम्बन्ध विच्छेदको निवेदनमा गरेकी थिइन्।
उनको निवेदनपछि छवि ओझाले आफूलाई व्यापार, व्यवसायमा असर पर्ने गरी मुद्दा दायर गरेको दाबी गरेका थिए। तर पछि थापाले आफूले २०६९ सालमै अंश लिएको भन्दै मित्रलापत्रका आधारमा सम्बन्ध विच्छेद गरेकी थिइन्।
रेखासँग छुट्टिएको १० दिनमै शिल्पासँग छविको बिहे
छवि ओझाले जिल्ला अदालत काठमाडौंबाट रेखा थापासँग २०७३ असार १९ गते सँग सम्बन्ध विच्छेद गरेका थिए। रेखासँग वैधानिक रुपमा सम्बन्ध विच्छेद भएको १० दिनपछि छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए। विवाह दर्ता प्रमाणपत्रका अनुसार उनीहरुले २०७३ असार २९ गते विवाह गरेका थिए तर उक्त विवाह दर्ता भने २०७५ पुस १२ गते भएको थियो।

