अभिनेता पल शाह ग’म्भीर आरोपमा परेका छन् । एक नाबालिग गायिकालाई ब’ला’त्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हि’रासतमा राखेर अनुसन्धान गरिरहेको छ।
तनहुँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। ब’लात्कारको घटनामा पीडित नाबालिग गायिका भए पनि सामाजिक सञ्जाल र युट्युबमा पीडितलाई थप पीडा दिने अभिव्यक्तिहरू आइराखेका छन्। उनको फोटो राखिएका छन्।
अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भइरहेको नाराबाजीको घटनामा संलग्नलाई कार’बाही हुने कानुनी आधार रहेको बताउँछिन्।
‘पीडित नाबालकलाई झन् त्रसि’त बनाउने या आत्म’ह’त्यासमेत गर्न बाध्य पार्नेसम्मको प्रदर्शनमा कुरा उठेका छन्’, खतिवडाले भनिन्, ‘जुनकुरा गैर’कानुनी हो। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको क’सुर हो। पीडित परिवारले कानुनी उपचारमा जाने कुरा गर्नु भएको छ।’
अभिनेता शाहले १४ वर्ष ८ महिनाकी नाबालिगलाई ब’ला’त्कार गरेकाले शाहलाई १२ देखि १४ वर्षको स’जाय हुनसक्ने उनले बताइन्।
दोषी प्रमाणित भए सजाय भोग्न तयार छु – पल शाह
अभिनेता पल शाहले आफू दोषी प्रमाणित पुष्टि भए कानुनबमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । पीडित एक गायिकाले आफूविरुद्ध जब’रजस्ती क’रणीसम्बन्धी क’सूरमा कि’टानी जा’हेरी दर्ता गरेपछि पलले यस्तो बताएका हुन् ।
‘अडियो क्लिपमा भनिएअनुसार ‘पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जब’र्जस्ती गर्न खोज्यो’ ‘हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’
साथै ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो’ लगायत विभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु,’ पलले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदी म दो’षी भए नेपालको कानुन बमोजिम सजा’य भोग्न तयार छु ।’

