पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को नाम कोसी राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रदेश १ को नाम जातीय पहिचानको दृष्टिकोणले भन्दा पनि सबैको सर्वस्वीकार्य हुने र सबैलाई मान्य हुने भएकाले कोसी नै उत्तम रहेको उनको भनाइ छ ।
धरानमा शुक्रबार समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले सबै जात जातिको पहिचान र भूमिका, भाषा र संस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने तर देशलाई जातीय द्वन्द्वमा लैजान दिन नहुने भन्दै प्रदेश १ को नाम कोसी नाम नै सही भएको तर्क गरे ।
पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्न सुझाव दिएकोमा आफ्नो पनि समर्थन रहेको बताए । गोरखापत्रमा खबर छ ।
सेटिङमा सब काम भइरहेको छः अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै काम सेटिङमा भइरहेको बताएका छन् ।
शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरे । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको उनले बताए ।
उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए । ‘जनादेशको माखौल उडाइएको छ । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ । सेटिङमा सब काम भइरहेको छ ।’
उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा होइन । एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।’
अमेरिकी षडयन्त्रकै कारण विधानभन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढाल्ने काम भएका उनको जिकिर थियो । ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ ।
नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’ उनले भने ।
त्यस्तै, उनले भगवान राम नेपालमै जन्मिएको आफ्नो दावी प्रस्तुत गरे । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने रु उनले भने, ‘राम राज्य कस्तो थियो रु कसैलाई थाहा छैन ।
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका भन्नुभउको थियो, ओलीले भने कपडा बनिसकेको थिएन ।
अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।

