नेकपा एमालेबाट निर्वाचित नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बाजुरा खप्तड छेडेदह गाउँपालिका( १ का वडा अध्यक्ष वीरबहादुर रावलले एमाले पार्टी परित्याग गरेका हुन् ।
नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष रावलले शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनले कांग्रेस नेता एवं खप्तड छेडेदह गाउँपालिका अध्यक्षसमेत रहेका नरबहादुर रावतलगायत नेता कार्यकर्ताको उपस्थितिमा पार्टी प्रवेश गराएको हो ।
रावल आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्ष लड्ने चर्चा रहेको छ ।
स्थानीय निकायको निर्वाचन नजिकिएसँगै पार्टी प्रवेश गर्ने त्याग्नेहरूको संख्या धेरै छ ।
आगामी निर्वाचनमा तालमेल हुन्छ – प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै बीचमा चुनावी तालमेल हुने बताएका छन् । नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी निर्वाचनमा होमिएको पनि बताए ।
‘गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ । सबै राजनीतिक दलको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित छ । हामी पनि स्थानीय निर्वाचनमा केन्द्रित छौँ ।
हामी पनि निर्वाचनमा जुटेका छौं। दुई महिने अभियानमा छौं। पार्टी विभाजित हुने हो कि भन्ने कुरा उठे। पार्टीलाई एकताबद्ध गरेर लैजान्छौं’, प्रचण्डले भने ।
एमसीसी जस्ताको त्यस्तै पारित गर्नु हुँदैन भन्ने पक्षमा पार्टी रहेको र व्याख्यात्मक घोषणा उपलब्धीका रुपमा रहेको पनि प्रचण्डले बताए

