प्रधानमन्त्री शेरबहादुर देउवा आज अपरान्ह वीर अस्पताल जानुभएको छ । उहाँ सवा ४ बजेको समयमा वीर अस्पतालको नयाँ भवनमा जानुभएको अस्पताल स्रोतले जनाएको छ ।
उहाँ अस्पतालमा उपचाररत आफ्ना भाइ प्रेमबहादुर देउवाको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ जानुभएको हो । स्नायु रोगबाट पीडित भाइ प्रेम उपचारको क्रममा पछिल्लो केही दिनदेखि हस्पिटलको नयाँ भवनमा भर्ना भएका हुन् ।
उहाँ भाइको स्वास्थ्य अवस्था बुझेर पौने ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।
यो पनि,
आजै माधव नेपालको भविष्य फैसला गर्न अदालतद्वारा अस्वीकार,२० गते फेरि सुनुवाइ
माधव नेपालसहित नेकपा ९एकीकृत समाजवादी० का १४ जना सांसदको पद खाइदिने गरी एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम टुंगो आज पनि लागेन ।
पटक(पटक स्थगित हुँदै आएको मुध्दाको १२ औं पेशी आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा।कुमार चुडालको संयुक्त इजलासमा परेको थियो । आजै फैसला सुनाउने चर्चाका बीच रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेशले मुध्दाको अन्तिम किनारा पछि धकेलिएको हो ।
यसअघि ओलीको तर्फबाट बहस गरेका अधिवक्ता रमेश बडाल र बाबुराम दाहालले आजै निर्णय सुनाउनुपर्ने माग गरेका थिए । ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका बडाल र कानुनी सल्लाहकार रहेका भुसालको आजै फैसला गराउने जोडबलका बाबजुद रिट पूर्ण इजलासमा गएको हो ।
पक्ष र विपक्ष दुवैतर्फबाट लिखित जवाफ पेश भैसकेको र मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रित सुनुवाइका लागि पेशी तोक्न पूर्ण सुनुवाईमा लैजान इजलासले आदेश गरेको हो ।
ओलीले नेपालसहित तत्कालीन एमालेका १४ जना सांसदमाथि कारवाहीको सूचना सभामुखले नटाँसेको र उनीहरुले सांसदकै हैसियतमा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै त्यसविरुध्द रिट हाल्नुभएको थियो ।
अन्तरिम आदेशमार्फत १४ भाइको पद खुस्काउन र एकीकृत समाजवादीलाई वैधानिकता नदिन माग गरिएको भएपनि सो अनुसारको आदेश दिन अदालतले नमानेको हो ।
अब पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकिएको छ । विपक्षी ९१४ भाइ० का तर्फबाट अधिवक्तात्रय रमण श्रेष्ठ,गोविन्द बन्दी र अमर राउतले बहस गरेका थिए ।

