अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा ब’लात्कारको मु’द्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धानका आधारमा पल शाहमाथि बिहेको प्रलोभन देखाएर नाबालिकामाथि जब’रजस्ती करणी गरेको अभियोगसहित बिहीबार मु’द्दा दायर गरेको हो ।
पीडित १५ वर्षीया बालिकाको बुबाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । त्यसका आधारमा मुद्दा दर्ता गर्दा घटना भएको भनिएको होटलको इन्ट्री किताबको प्रतिलिपि, होटल सञ्चालिका सुलोचना कुँवर लगायतको बयान, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, शाहको अडियो रेकर्ड लगायतलाई आधार मानेर जबर’जस्ती कर’णी गरेको दाबी गरिएको छ ।
पीडित किशोरीकी बुबाले दिएको जोहरीमा शाहले ७ चैत २०७७ मा गैडाकोट नगरपालिका–५ स्थित गैडाकोट रिपोर्टमा सुटिङका लागि लगेको वेला करणी गरेको भनिएको थियो ।
‘एक दिनमा सकिने सुटिङ क्यान्सिल गर्न लगाइ ५ दिनसम्म उक्त रिसोर्टमा राखेर नाबा’लिका छोरी सुतेको कोठामा गइ मादक पदार्थ समेत सेवन गराएर पटकपटक जब’रजस्ती कर’णी भएको थियो’ जाहेरीमा भनिएको थियो, ‘छोरीलाई विवाह गर्छु भनेर प्रेमको नाटक गरी जब’रजस्ती क’रणी भएको थियो ।’
तीन महिनादेखि छोरीले गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेपछि सोधपुछ गर्दा शाहले देखावटी माया प्रेम गरेको बहाना बनाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएको पीडितकी बुबाले बताएका छन् । गैडाकोट रिसोर्टमा पनि शाहले बलात्कार गरेको बताएपछि जोहरी दिएको उनले भनेका छन् ।
‘कोठा नं। १०२ मा मध्यरातमा क’णी’
बयान, होटलको इन्ट्री बुक लगायत सबैले घटना भएको भनिएको बेला पीडित नाबालिका र आरोपित शाह दुबैले घटना भएको होटलमा उपस्थित भएको स्थापित भएको देखिन्छ ।
पीडित बालिकाले सरकारी वकिलको उपस्थिति प्रहरीसँग दिएको बयान अनुसार ७ चैत २०७७ मा अभिनेता शाहले राति ११ बजे फेसबुक म्यासेन्सरमा म्यासेज गरेर ‘म आउँछु ढोका खुल्ला राख्नू’ भनेका थिए । म्यासेजको कुनै जवाफ नफर्काइ बसेको अवस्थामा शाहले आफ्नो कोठा नं। १०२ ढक्ढक्याएको उनले भनेकी छन् ।
‘मैले शाहको आवाज सुनेर ढोका खोल्दा कोठाभित्र प्रवेश गरेर मलाई ललाई फकाई माया गर्छु, विवाह समेत गर्छु भनेर रातभर दुई पटक इच्छा विपरित जबर’जस्ती क’रणी गरेका हुन्’ पीडित नाबालिकाले भनेकी छन्, ‘शाहले मलाई पहिल्यैदेखि मायाको नाटक गरेर यौ’न शोषण गर्दै आएकोमा हामी बीच भएको सम्बन्धको बारेमा कोही कसैलाई नभन भनेकाले मैले यो कुरा बाहिर भनेको थिइनँ ।’
प्रहरीसमक्ष दिएको बयानमा शाहले चाहिँ अघिल्लो दिन एक्लै सुत्दा डर लागेको र होटल सञ्चालकको छोरीसँग सुतेको थाहा पाएकाले ‘हिजो जस्तो डर लोगेको छैन नि, राम्रोसँग सुत’ भनेर आफ्नो कोठामा गएको दाबी गरेका छन् ।
साथै, उनले दुई जनाबीचमा विवाद भएपछि दुवै पक्षबीच छलफल गरेर पीडित २० वर्ष पुगेपछि विवाह गर्ने मौखिक सहमति भएको पनि भनेका छन् । बलात्कारको अभियोगमा चाहिँ उनले इन्कारी बयान दिएका छन् ।
प्रहरीले बयान लिएका कलाकार दुर्गेश थापाले पनि घटना भएको दिन दुबै उक्त होटलमा रहेको, पल शाहसहित केही व्यक्ति त्यसदिन बेलुकी मादक पदार्थ सेवन गरेको बताएका छन् ।
‘उनीहरु कुन कोठामा सुते थाहा भएन’ थापाले भनेका छन्, ‘२०७८ सालको असार महिनामा शाहको म्यानेजर कृष्ण जोशीले उनीहरुको सम्बन्ध बारेमा जनकारी गराएपछि पीडितसँग बुझ्दा विवाह गर्छु भनेर फकाइफुल्याइ सुटिङको समयमा जबर’जस्ती क’रणी गरेको बताएकी थिइन् ।’
पीडितले त्यति बताएपछि आफूहरु न्यायको पक्षमा रहेको बताउँदै कानू’नी कारबाही गर्दा राम्रो हुन्छ भनेर प्रक्रिया थाल्न सुझाएको उनले उल्लेख गरेका छन् ।
गायक सरोज वलीले पीडित गायिक डिप्रेशनमा गएको र मर्छु भनेर भनेको आफूले २०७८ असारमा थाहा पाएको बताएका छन् । थाहा पाएको केही दिनमा अनामनगरको एक रेष्टुरेन्टमा कृष्ण जोशी, सम्राट चौंलागाईंसहित पीडितसँग आफ्नो भेट भएको उनले भनेका छन् ।
‘दुर्गेश थापालाई लिएर आउनु पीडितलाई समस्या परेको रहेछ भनेर बोलाएकाले गएका थियौं’ उनले भनेका छन्, ‘त्यतिवेला पीडितले काठमाडौंमा एकरदुई दिनमा हुने सुटिङलाई कोठमाडौं बाहिर कहिले पोखरा कहिले नवलपरासी ९पूर्व० मा लगेर हेरचाह र ख्याल गरे जस्तो गरेर आफूमाथि यौन शोषण गरेको पीडितले बताएकी थिइन् ।’
प्रहरीले सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको पल शाहको अडियो रेकर्डलाई पनि महत्वपूर्ण प्रमाण मानेको छ र अदालतमा २ मिनेट ३५ सेकेण्डको अडियो रेकर्ड पेश गरेको छ
अडियो क्लीप महत्वपूर्ण प्रमाण
जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले कम्तिमा पनि १३ वटा आधार र प्रमाणले शाहविरुद्ध जबरजस्ती करणीको अभियोग पुष्टि हुने दाबी गरेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि अधिकतम १४ वर्ष कैद सजायको मागदावी गरिएको छ ।
नवलपुर पूर्वका सहायक जिल्ला न्यायाधीवक्ता डालबहादुर नेपालीका अनुसार अभियोगपत्रमा बयानबाहेक घटनाको पुष्टि हुने अन्य प्रमाणसमेत पेश भएका छन् । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत रिसोर्टमा बसेको पुष्टि हुने उनले बताए ।
सरकारी वकिलले अदालतमा इन्ट्री बुकको प्रतिलिपि नै पेश गरेको छ, जसमा २०७७ चैत ७ र ८ गते गैंडाकोट रिसोर्टको ६ वटा कोठामा अभिनेता शाह, पीडितलगायत सुटिङ युनिट बसेको व्यहोरा उल्लेख छ । रिसोर्टका सञ्चालक शुलोचना कुँवर जिसी र वेटर भोजराज वस्तीले पनि उक्त दिन शाहसहित कलाककारहरु त्यहाँ बसेको बयान दिएका छन् र शाहले मदिरा सेवन गरेको पनि उल्लेख गरेका छन् ।
‘सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वका प्रमुख एसपी प्रज्जवल महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका बलात्कारको आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ, अधिकतम सजाय हुनुपर्छ भनी मागदावी गरेका छौं ।’
प्रहरीले सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको पल शाहको अडियो रेकर्डलाई पनि महत्वपूर्ण प्रमाण मानेको छ र अदालतमा २ मिनेट ३५ सेकेण्डको अडियो रेकर्ड पेश गरेको छ । अडियोमा शाहले ‘प्रेमी प्रेमिकामा सहमतिमा भयो होला’, ‘सहमतिको हिसाबमा हुँदा पनि अन्तिममा स्वीकार्नै पर्छ रु विवाह गर्नै पर्छ रु’ जस्ता कुरा बोलेका छन् ।
शाहले पनि उक्त अडियो २०७८ मा असार महिनामा आफूहरुबीच भएको छलफलको क्लीप भएको बताएका छन् र आवाज आफ्नै भएको स्वीकारेका छन् । तर अडियो क्लीपमा भएका शब्द प्रतिवाद गर्दा उच्चारण भएको दाबी गरेका छन् ।
सरकारी वकिलले चाहिँ शाहले ज’बरजस्ती कर’णी गरेको होइन भनेपनि रेकर्डमा भएको आवाज आफ्नो भन्नु, घटना भएको मितिमा पीडितसँगै बसेको तथ्यलाई स्वीकार्नु र जाहेरी व्यहोरा, पीडितको कागजलाई पनि अन्यथा भनेर खण्डन गर्न नसकेको देखिएकाले अभियोग पुष्टि हुने भनेको छ । पीडितको स्वास्थ्य परीक्षणले पनि जबर’जस्ती कर’णी भएको भन्ने आधारलाई पुष्टि गरेको अभियोग पत्रमा उल्लेख छ ।
मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार बला’त्कारको घटनामा एक वर्षको हदम्यादको व्यवस्था छ । गत वर्ष ७ चैतमा घटना भएकाले आगामी सोमबारभित्र मुद्दा दायर भइसक्नुपर्ने थियो । तर बीचमा सार्वजनिक विदा परेकाले प्रहरीले जोखिम लिन नचाही हदम्याद सकिनुभन्दा केही दिनअघि नै मुद्दा दायर गरिएको बताइएको छ ।
नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दिपक भट्टराईका अनुसार, नवलपुरमा कलाकार शाह विरुद्ध मु’द्दा दायर भएपछि उनीविरुद्धको अर्को जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा अनुसन्धानरत भएको हुनाले तनहुँमा मु’द्दा दायर भएपछि मात्रै कलाकार शाहलाई नवलपुरमा ल्याइने छ ।
‘शाहवि’रुद्धको जाहेरीको एउटा टुंगो लाग्छ, मुद्दा दायर भयो भने त्यसक्रममा थुनछेक आदेश हुन्छ । त्यसपछि मात्रै आरोपितलाई नवलपुरमा ल्याइनेछ’ उनले भने, ‘दुवै अदालतमध्ये कुनै एकले थुनामा राख्नू भनी आदेश गरेमा आरोपित थुनिनुपर्छ ।’

