अभिनेता पल शाहविरु’द्ध एकजना नाबालिग गायिकामाथि ब’लात्कार अभि’योगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मु’द्दा दर्ता भएको छ। शाहविरु’द्ध जिल्ला प्र’हरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जबर्ज’स्ती कर’णी गरेको मु’द्दा दर्ता गरेको हो।
शाहविरु’द्ध मु’द्दा चलाउने क्रममा जिल्ला सरकारी वकिलको कार्यालयले १६ पृष्ठ लामो अभि’योग पत्र तयार पारेको छ।
अभियोग पत्रमा पीडि’त भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जा’हेरीलाई प्रमुख आधार मानिएको छ। तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्र’हरी कार्यालय गैँडाकोटमा पनि जा’हेरी दिएका थिए। जहाँ पहिलो पटक घ’टना भएको बताइएको छ।
गायिकाका बुवाले जाहेरीमा आफ्नी छोरीलाई गैँडाकोट नगरपालिका(५ स्थित गैँडाकोट रिसोर्टमा सुटिङका लागि भन्दै लगेर पाँच दिनसम्म रिसोर्टको कोठामा राखेर जबर’जस्ती क’रणी गरेको उल्लेख छ।
‘छोरीले विगत ३ महिनादेखि गीत संगीतमा मन नलगाउने, एकोहोरो बस्ने गरेको देखेर सोधपुछ गर्दा नेपाली सिने जगतका प्रख्यात कलाकार पल शाह भन्ने पूर्णविक्रम शाहले छोरीलाई विभिन्न ठाउँहरुमा भिडियो सुटिङमा जाने क्रममा तिमीलाई विवाह गर्छु भन्ने
आश्वासन दिई पटकपटक जव’रजस्ती क’रणी गरेकोु, जा’हेरीमा भनिएको थियो,’मिति २०७७/१२/७ गते समेत गैँडाकोट नगरपालिका वडा नं ५ स्थित गैँडाकोट रिसोर्टमा एकदिन सुटिङको लागि लगेकोमा सुटिङ क्यान्सिल गरी
प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाहले छोरीलाई पाँच दिनसम्म रिसोर्टको कोठामा राखी पटक(पटक जबरजस्ती करणी गरेको भनि नाबालिग छोरीले बताएको हुँदा छोरीलाई विवाहको आश्वासन दिई पटकपटक जब’रजस्ती कर’णी गर्ने निज प्रतिवादीलाई कानुनबमोजिम कार’बाही गरी पाऊँ’ भन्ने समेत ब्यहोराको जा’हेरी दरखास्त परेको थियो।
त्यसैगरी अभि’योग पत्रमा घ’टना भएको भनिएको ठाउँमा पल शाह र पीडि’त नाबालिग बसेको देखिएको उल्लेख छ।
‘मिति २०७७ चैत ७ र ८ गते गैँडाकोट रिसोर्टको कोठा नम्बर १०१ र १०२ समेतमा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पी’डित समेतको सुटिङ युनिट बसेको भन्ने उक्त रिसोर्टको इन्ट्री बुकको प्रतिलिपि तथा घ’टनास्थल मुचुल्का समेतबाट देखिएको’, भनेर अभि’योग पत्रमा पुष्टि गर्न खोजिएको छ।
त्यसैगरी प्र’हरीले सरकारी वकिलसमक्ष गराएको बयानलाई पनि आधार बनाएको छ। ‘पी’डितले प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जाहे’री व्यहोरा अनुसार गैडाकोट रिसोर्टको १०२ नं को कोठामा राति म सुतिरहेको अवस्थामा म्यासेज गरी ढोका खोल्न लगाई विवाह गर्छु भनी मेरो इच्छा विप’रीत
पटक (पटक जब’रजस्ती क’रणी गरेका हुन् भन्दै प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले गरेको कसुरलाई पुष्टि हुने गरी कागज गरिदिएको देखिएको’, अभि’योग पत्रमा भनिएको छ।
गैँडाकोट रिसोर्ट सञ्चालिका तथा उक्त रिसोर्टका कर्मचारीले मिति २०७७।१२।६ गतेदेखि प्रतिवादी तथा पी’डितसहितको सुटिङ युनिटले रिसोर्ट बुकिङ गरी ३ दिनसम्म बसेका अभि’योग पत्रमा उल्लेख छ।
उक्त अवधिमा प्र’तिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पी’डितलाई जब’रजस्ती क’रणी गरेको कुरा जा’हेरी परेपछि थाहा पाएको हो भन्ने व्यहोरा उनीहरुले उल्लेख गरेका छन्।
सुटिङ युनिटसँगै आएका अर्जुनप्रसाद तिवारी र छत्रबहादुर श्रेष्ठले पनि मिति २०७७।१२।०७ गते सुटिङका क्रममा गैँडाकोट रिसोर्टमा ९ गतेसम्म बसेका उल्लेख छ। उक्त रिसोर्टको १०१ नम्बर कोठामा प्र’तिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र त्यही कोठासँग जोडिएको १०२ नम्बरको कोठामा पी’डित बसेका अभि’योग पत्रमा उल्लेख छ।
‘उक्त समयमा प्र’तिवादीले पी’डितलाई जब’रजस्ती कर’णी गरेको भन्ने हामीले थाहा पाएको हो भन्ने व्यहोरा लेखाएको देखिएबाट प्रतिवादी पल शाह भन्ने पूर्णविकम शाह र पी’डित परिवर्तित नाम गैँडाकोट ५ ९क० रिसोर्टमा बसेकोमा वि’वाद नदेखिएको’, आधार अभि’योग पत्रमा उल्लेख गरिएको छ।
अभि’योग पत्रको अर्को आधार पी’डितले मलाई प्रतिवादीले गैँडाकोट रिसोर्टमा जब’रजस्ती कर’णी गरेका हुन् भनी कि’टानी कागज गराएको कागजलाई मानिएको छ।
त्यस पुष्टि गर्दै ‘पी’डित गायिकाको यौ’ना’ङ्ग मा च्यातिएको भन्ने शारीरिक परीक्षणबाट देखिएकोले’, अभि’योग पत्रमा भनिएको छ, ‘प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पी’डित परिवर्तित नाम गैँडाकोट ५ ९क० लाई उक्त रिसोर्टको कोठा नम्बर १०२ मा पटकपटक जव’रज’स्ती करणी गरेको भन्ने पुष्टि भएको देखिन्छ।’
पल शाहले पनि दिएको बयानलाई समेत अर्को आधार मानिएको छ। जसमा उनले ‘मैले जब’रज’स्ती क’रणी गरेको होइन भन्ने इन्कारी बयान दिए पनि मिसिलमा संलग्न अडियो रेकर्डमा भएको आवाज आफ्नो भएको, वारदात मिति समयमा पी’डितसँग सँगै बसेको तथ्यलाई स्वीकार गर्नुलाई अभि’योग पत्रमा अर्को आधारका मानिएको छ।
‘जा’हेरी व्यहोरा र पी’डितको कागज समेतलाई अन्यथा हुन् भनी खण्डन गर्न नसकेको देखिएबाट प्र’तिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जा’हेरवालाको नाबालिग छोरीलाई जब’रज’स्ती कर’णी गरेको भन्ने पुष्टि भएको देखिन्छ,’ अभि’योग पत्रमा भनिएको छ।
अभि’योग पत्रलाई बलियो बनाउने क्रममा पलकै साथीका रुपमा चिनिएका दुर्गेश भन्ने दुर्गाबहादुर थापा, सम्राट चौलागाईं र सरोज उपनामका पुण्यप्रसाद ओलीको बयान कागजलाई पनि उल्लेख गरिएको छ।
पलविरु’द्ध बयान दिएका उनीहरुले म्युजिक भिडियो सुटिङ गर्न विभिन्न ठाउँमा लगि जबर’ज’स्ती कर’णी’ गर्दै आइरहेको र मिति २०७७।१२।७ गते पनि गीत सुटिङ गर्न गैँडाकोटमा आएका बेला गैँडाकोट रिसोर्टमा जव’रज’स्ती कर’णी गरी यौ’न शो’षण गरेको भनी पी’डितले रुँदै बताएकीले हामीले पी’डितलाई उजु’री गर्न सल्लाह दिएको व्यहोरा अभि’योग पत्रमा उल्लेख गरेका छन्।

