नायक पल शाहवि’रुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मु’द्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा बुझाउने तयारी छ । जब’रजस्ती कर’णी मु’द्दामा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।
पलविरु’द्ध तीनपटक म्याद थपिएको छ । पहिलोपटक सात दिन, दोस्रोपटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको छ ।
पलवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि ब’लात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।
प्रहरी अनुसन्धानका क्रममा पलमाथिको आरो’प प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणका रूपमा लिइएको छ ।
यस्तै, पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरिएको छ । घटनामा नाम जोडिएका अरू व्यक्तिसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।
यसअघि, पलविरुद्ध गएको बिहीबार नवलपुर जिल्ला अदालतमा बला’त्कारको मुद्दा दायर भइसकेको छ । पलले ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला बला’त्कार गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
पलले भने गैँडाकोटमा आफूमाथि लागेको बला’त्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।
गैँडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही रात पल किशोरीको कोठामा गएर जबर’जस्ती कर’णी गरेको आरोप छ ।
प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले ब’लात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
गैँडाकोटमा पलको बयान भए पनि उनमाथि म्याद थपलगायत प्रक्रिया तनहुँबाट अगाडि बढेको हो । एकै प्रकृतिको घटना भएकाले एकै कार्यालयबाट मात्रै प्रक्रिया अगाडि बढाउन पाइने भएकाले तनहुँबाट म्याद थपलगायत प्रक्रिया गरिएको हो ।

