अर्थमन्त्री जनार्दन शर्मा छापामार शैलीमा निर्वाचनको बेला भारतको व्यापारिक केन्द्र कलकत्ता पुगेर फर्कनुभएको छ । प्रधानमन्त्री तीन दिने औपचारिक भ्रमणमा राजधानी नयाँ दिल्ली पुगेको बखत अर्थमन्त्री तथा माओवादी नेता शर्मा भारतको पुरानो राजधानी कलकत्ता पुग्नुभएको हो ।
प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानमा नयाँ दिल्ली जानुभएको थियो भने शर्मा एअर इण्डियाको उडानबाट दिउँसो डेढ बजे फर्कनुभएको हो । उहाँ किन जानुभयो र हिजै प्रधानमन्त्रीभन्दा केही घण्टाअगाडि स्वदेश फर्कनुभयो भन्नेबारे कसैले पनि बताउन चाहेनन् ।
क्याबिनेट मन्त्रीले औपचारिक वा अनौपचारिक रुपमा मुलुक बाहिर जाँदा राज्य सञ्चालनको पद्दति पालना गर्नैपर्ने हुन्छ । उक्त पालना संवैधानिक मूल्य र मान्यताभित्र पर्छ । तर अर्थमन्त्री शर्मा बिदेश जाँदा प्रधानमन्त्रीको सिफारिसमा अर्को मन्त्रीलाई जिम्मेवारी दिइएको कुनै जानकारी राज्यले जनतालाई दिएको छैन ।
“अर्थसचिव प्रधानमन्त्रीसङ्ग नयाँ दिल्ली गएकै बेला अर्थमन्त्री पनि लुसुक्क कलकत्ता गएको बारे मन्त्रालयका अधिकांश अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।”
अर्थसचिव प्रधानमन्त्रीसङ्ग नयाँ दिल्ली गएकै बेला अर्थमन्त्री पनि लुसुक्क कलकत्ता गएको बारे मन्त्रालयका अधिकांश अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।

