गणेश थापाका छोरा तथा कमल थापाका भतिज अभिषेक थापाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल छाडेका छन्।
हालै काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्।
सुरुमा आफू अध्यक्ष पदमा हारेपछि कमल थापाले राप्रपा छाडेका थिए। त्यसपछि उनी आफ्नो पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन्।
उनी राप्रपाबाट अलग भएपछि क्रमशः अन्य नेताले पनि पार्टी छाड्दै राप्रपा नेपालमा बसाइँ सर्ने क्रम सुरु भएको हो।
राप्रपा नेपालले तयार पार्यो घोषणापत्रको मस्यौदा
राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्रको मस्यौदा पारित गरेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
बैठकमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले विभिन्न नगररगाउँपालिकामा बढीभन्दा बढी उम्मेदवारी दिने तय भएको उनले बताए ।

