आउँदो २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावमा वाम एकताका लागि प्रयास गर्नुपर्ने मत एमालेभित्र देखिन थालेको छ । उनीहरुले माओवादीका दोस्रो तहका नेताहरुलगायत अन्य वाम दलहरूसँग अनौपचारिक छलफल पनि गरिरहेको स्रोतको दावी छ । स्रोतका अनुसार, एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्बीसुब्बा गुरुङलगायतका नेताहरु अहिले पनि सक्रिय रहेको छन् ।
माओवादीका वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरुसँग निरन्तर संवाद भइरहेको बताइएको छ । एमाले अध्यक्ष केपी ओलीको प्रस्तावको रुपमा स्थानीय तहको चुनावमा ७०/३० भागबण्डामा सहकार्य गर्न प्रस्ताव गरेको स्रोतले दावी गरेको छ । त्यसमा प्रचण्डले प्रष्ट जवाफ भने दिइसकेका छैनन् ।
एमालेले आफ्नो विगतको साख कायम राख्नका लागि यो पटक निकै मेहनेत गर्नुपर्ने बाध्यता रहेको छ । १ सयभन्दा कम मतले जितेका ३७ वटा पालिका एमालेको विभाजनकै कारण गुम्ने ख तरा रहेको विश्लेषण भएको छ । त्यसैगरी, ५ सयभन्दा कम मतले एमालेले जितेका १०६ वटा पालिका पनि डे न्जर जोनमा परेका छन् ।
आउँदो स्थानीय चुनावमा एमालेलाई साइजमा राख्न सकिए संघीय चुनावको बेलामा सहकार्यको संभावना हुनसक्ने आंकलन प्रचण्डले गरेको माओवादी नेताहरुको भनाइ छ । वामपन्थीहरुको सहकार्यका लागि चीनको पनि सद्भाव देखिएका कारण पनि एमाले र माओवादीका नेताहरुवीच अनौपचारिक संवादले तीब्रता पाएको स्रोत बताउछ ।
एमाले नेता गुरुङले सार्वजनिक रुपमै एमाले र माओवादी मिल्न सक्ने बताएका छन् । २०७४ सालको स्थानीय चुनावमा एमाले र माओवादीवीच सहकार्य गर्ने पहिलो सहमति गुरुङले लमजुङमा गराएका थिए ।
तर, एमालेभित्र माधव नेपाललाई पनि वाम सहकार्यमा जोड्न नहुने मत बलियो रहेको छ । खासगरी, केपी ओली निकट नेताहरु प्रचण्डभन्दा बढी माधव नेपालसँग रुष्ट रहेका छन् ।
त्यसैगरी, मधेश प्रदेशमा ५ औं स्थानमा रहेको एमाले विभाजनपछि कमजोर बन्ने हो कि भन्ने चिन्तामा पनि एमाले रहेको छ । अझ सत्ता गठबन्धन कायम भएर चुनावमा गएमा एमाले मधेशमा कमजोर बन्ने डर पनि रहेको भन्दै नेताहरुले शीर्ष तहमा व्रिफिङ गरिरहेका छन् ।
मधेश प्रदेशमा एमालेभन्दा बलियो माओवादी केन्द्र रहेको भएतापनि प्रभु साहले माओवादी केन्द्र त्यागेपछि मधेश प्रदेशमा एमाले संगठन सुधारमा लागेको छ ।
बारा, पर्सा, रौतहटमा प्रभु साहले एमाले लहर ल्याउन पर्यत्न गरिरहेका छन् । एमालेलाई विभाजनले धेरै असर नपारेको भनेको लुम्बिनी र गण्डकी प्रदेश मात्रै हो । त्यसैले, अहिले एमालेभित्र पनि वामपन्थीहरुको ध्रुवीकरणमै जोड दिनुपर्ने मत बलियो बन्न थालेको स्रोत बताउछ ।

