विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आ -रोप छ ।
नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो। त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो।
सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए। नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ।
रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए। सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो।
अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो। आजको नागरिक दैनिकमा समाचार छ ।
सशस्त्र प्रहरीको रिक्त एआईजीमा राजु अर्याल सिफारिस
सशस्त्र प्रहरी बलको रिक्त एआइजीमा राजु अर्याल सिफारिस गरिएको छ। गृहमन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक ९एआईजी०मा डिआईजी अर्याललाई सिफारिस गरेको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार आइतबार बसेको बढुवा समितिको वैठकले पहिलो नंबरमा रहेका डिआइजी अर्याललाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो। सरकारले उनलाई अहिले एआइजी बनाएपछि आउदो १८ गते सशस्त्र प्रहरी बलको आइजीपीमा नियुक्त गर्नेछ।

