एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।
‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने।
ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आलोपालोको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी नौ महिनामा पदमुक्त भएका थिए।
दोस्रो पटक ३ फागुन २०७४ मा पनि प्रधानमन्त्री बनेका थिए। त्यति बेला माओवादी केन्द्रसँगको वाम गठबन्धनले झन्डै दुईतिहाइ मत पाएको थियो।
तत्कालीन नेकपामा वि’वाद च’र्केपछि ओलीले दुईपटक प्रतिनिधिसभा विघ’टन गरेका थिए। उक्त निर्णय उल्ट्या’उँदै सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
सर्वोच्चको २८ असार २०७८ को परमादेशपछि ओली सत्ताबाट हटेका थिए। त्यसपछि एमालेबाट माधवकुमार नेपाल पक्ष पार्टीबाट अलग भएको थियो।
दुई दिन चलेको बैठकले पार्टीका उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ। एमालेले समानुपातिकबाट एकपटक सांसद बनेकालाई नदोहोर्याउने निर्णय गरेको छ । समानुपातिकमा देशभरिबाटै पार्टीको लोकप्रिय मत आउने भएकाले एकै व्यक्तिलाई पटक–पटक अवसर दिन नसकिने निष्कर्ष बैठकले निकालेको हो।
‘समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटि अवसर प्रयोग गरेका पार्टीका नेता, कार्यकर्ता वा समर्थकलाई आमरूपमा दोहोर्याउनु हुन्न’, निर्णयमा लेखिएको छ, ‘यस्ता क्षेत्रमा पालैपालो वितरण प्रणाली लागू गर्नुपर्छ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।