नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ग्लोबल स्टार सन्दीप लामिछानेलाई यतिबेला नाबा’लिग बला’त्कारको आ’रोप लागेको छ ।
उनले आफ्नै फ्यानलाई ब’लात्का र गरेको आरो’पमा उनीविरु’द्ध प्रहरीमा उजु’रीसममेत दर्ता भइसकेको छ । देशमा आफूमाथि बला’त्का रको आ’रोप लागिरहँदा सन्दीप भने क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका लामिछानेलाई क्यानको निलम्बनपछि सो टिमले हटाएको खुलेको छ ।
आफू निर्दोष रहेको भन्दै लामिछानेले शुक्रबार बिहानमात्रै सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन्। आफू चाँडै नेपाल फर्कने र कानून फेस गर्न तयार रहेको उनले बताएका छन्।
उनलाई के गर्ने भन्ने विषयमा नेपाल प्रहरीभित्र बहस भइरहेको छ । इन्ट’रपोलको मद्दतले सन्दीपलाई नेपालमा झिकाउने विषय पनि बाहिरिएको छ । यद्यपि, प्रहरीले आफ्नो अनुसन्धानलाई अघि बढाइरहेको छ ।
प्रहरीले सन्दीप र नाबा’लिग कि’शोरी काठमाडौंको एउटा होट’लमा झिरेको सिसिटिभी फुटेज फेला पारेको छ । प्रहरी स्रोतका अनुसार सन्दीप र ती किशोरीले सिनामंगलस्थित एक होटमा करिब सात घण्टा बिताएका थिए ।
यो घटना भदौ ५ गते रातिको हो । जहाँ सन्दीप र ती किशोरी मध्यराति ११ः५५ मा होटल पसेको देखिएको छ । उनीहरू सो होटलको कोठा नम्बर ३०५ मा बसेको बताएको छ ।
प्रहरी स्रोतका अनुसार सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएका छन् भने किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएर कोठाभित्र छिरेको पाइएको छ ।
त्यहाँ करिब सात घन्टा बिताएपछि भोलिपल्ट करिब पौने ७ बजेतिर उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देख्न सकिन्छ ।
ती किशोरीले सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक–पटक ब’लात्का’र गरेको प्रहरीलाई बयान दिएकी छिन् । उनले जा’हेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ ।
बुधबार नै प्रमाण संकलन गरेपछि सन्दीपवि’रुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्रा’उ पु’र्जी जारी गर्ने प्रहरीको तयारी रहेको बताइएको छ ।
सन्दीपले आफूलाई नगरकोट पनि लगेको ती किशोरीले बयान दिएकी छिन् । प्रहरीले नगरकोटसमेत प्रमाण संकलन गरिरहेको बताइएको छ । लामिछानेले सामाजिक सञ्जाल ट्वीटरको बायो हटाएका छन्।
किशोरीलाई ब’लात्का’र गरेको आरोप’मा लामिछानेवि’रुद्ध जिल्ला अदालत काठमाडौंले प’क्राउ पू’र्जी जारी गरेपछि बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई निल’म्बन गरेको थियो। यसअघिसम्म उनी नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान समेत थिए।
क्याप्टेन रहेका लामिछानेले आफ्नो ट्वीटर ह्याण्डको बायोमा ‘क्याप्टेन अफ नेशनल क्रिकेट टीम, नेपाल’ लेखेका थिए।
तर पक्रा’उ पू’र्जी जारी भएपछि क्यानले समेत निल’म्बन गरेपछि सन्दीपले उक्त बायो हटाएका छन्। अहिले उनले बायोमा आफ्नो जर्सी नम्बर २५ मात्रै राखेका छन्।
।