निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गर्नुभएको छ।
महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जि’किर गर्नुभएको हो।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गर्नुभएको हो। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गर्नुभयो।
समितिको बयानमा जबराले भन्नुभयो, राजीनामा दिए हामी सहजीकरण गर्छौं। फिर्ता लिन्छौँ। एक डेढ महिना तपाईं काम गर्नुस्, त्यसपछि दीपक कार्कीलाई दिए हुन्छ भनेर त पोलिटिकल पार्टीका नेताहरू मकहाँ आएकै हुन्। मैले यो सार्वजनिक रूपमा खोलेको छु।
मैले त खोलेको छु। तर यति हदसम्म जाँदा आज न्यायालय त ध्व’स्त भयो, फेरि राजनीति पनि ध्व’स्त नहोस्। सोध्ने हो भने नेपाली कांग्रेसको डिनाजीलाई सोध्नुस्। प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो, हामी सबै फिर्ता लिन्छौँ। मिलाएर फिर्ता लिन्छौँ भन्नुभएको हो। मेरै क्वाटरमा आएर भन्नुभएको हो।’’
उहाँले न्यायाधीश नियुक्तिमा राजनीति भएको स्वीकारसमेत गर्नुभयो। जबराले नियुक्तिमा बार पदाधिकारीको चाहना रहने गरेको, कतिपय दलहरूले लेटर प्याडमै नियुक्तिका लागि सिफारिस गर्ने गरेको पनि दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘हरेक नियुक्तिमा राजनीतिक भागबन्डा’ हुन्छ। उहाँहरूको चाहना छ। हरेक नियुक्तिमा बारका पदाधिकारीहरूको चाहना छ। यो मैले पटक पटक बया’नमा भनिसकेको छु। पार्टीले सिफारिस नै गरेर पठाएको हुन्छ। यो न्यायाधीशलाई चाहिँ नियुक्त गर्नैपर्छ भनेर। लेटर प्याडमै परिषद् र प्रधानन्यायाधीशलाई पठाएका छँदै छन् नि।’’
उहाँले बयानका क्रममा संविधानको धारा १३७ ले प्रधानन्यायाधीशसँगै अन्य चार न्यायाधीशको संवैधानिक इजलास हुने स्पष्ट भनेकाले इज’लास गठनका विषयमा प्रश्न बनेको बताउनुभयो। आफूलाई सबैभन्दा घृ’णित शब्द प्रयोग गरेर महाभियोगको विषयमा सामेल गरिएको जि’किर जबराको छ।
जबराले संवैधानिक निकायमा आफूले भाग खोजेको आरो’पको इ’न्कार गर्नुभयो। आफूलाई संवैधानिक भूमिका निर्वाह नगर्न कांग्रेस र माओवादी केन्द्रले दबाब दिएको उहाँको भनाइ छ।
संवैधानिक नियुक्तिका विषयमा आफूले संविधानले दिएको दायित्व पूरा गरेको उहाँको जिकिर छ। नियुक्तिको भाग खोजेको भन्ने सवाल नबुझेर वा बुझेर पनि आ’रोप मात्र लगाइएको जबराको जि’किर छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।