नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपाल आउने बताएको झण्डै २ हप्ता हुुन लागेपनि नआएपछि उनलाई प्रहरीले नेपाल ल्याउने भएको छ । उनलाई प’क्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत नो’टिस जारी गर्ने प्रक्रिया अघि बढाएको हो।
लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत प’क्राउ गर्न लागेको हो। उनीवि’रूद्ध काठमाडौं जिल्ला अदालतबाट प’क्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई प’क्राउ गर्न अनुमति दिएको थियो।
तर लामिछाने अझै प’क्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत प’क्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।
प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी प’क्राउ गर्ने बताएको थियो।
अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन।
यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।
इन्टरपोलमार्फत प’क्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अ’पराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
उनक मु’द्दामा इन्टरपोलबाट रे’ड कर्नर जारी गरिन्छ। यो पनि पढ्नुुहोस्ः भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले घरेलु ट्वान्टी २० प्रतियोगिता सयाद मुस्ताक अली ट्रफीमा खेलाडी परिवर्तन (सब्सिच्युसन) को नियम ल्याउने भएको छ ।
प्रतियोगिता अक्टोबर ११ देखि सुरु हुनेछ । बिसिसीआइले राज्य क्रिकेट संघहरुलाई पठाएको पत्रमा प्रत्येक खेलमा एक खेलाडी परिवर्तन गर्न सक्ने उल्लेख गरेको छ ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिसिसीआइ यसअघिदेखि नै क्रिकेटमा खेलाडी परिवर्तनको नियम ल्याउने योजनामा रहेको खुलाएका छन् ।
सार्वजनिक खबरकाअनुसार बिसिसीआइले पछिल्लो केही वर्षयता इन्डियन प्रिमियर लिग ९आइपिएल० मा पनि खेलाडी परिवर्तनको नियम ल्याउने योजनामा थियो ।
‘बिसिसीआइ ट्वान्टी २० खेलमा ‘इम्प्याक्ट प्लेयर’ को रुपमा सहभागी टिमले एक खेलाडीलाई परिवर्तन गर्न सक्ने अवधारणा प्रस्तुत गर्न चाहन्छ,’ पत्रमा उल्लेख छ ।